झापा - झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं ९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका वडा नं ३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् ।
झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो ।
यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १२:३८