काठमाडौं - डिल्लीबजारमा जर्निज एभिन्यू प्रालिको शुभारम्भ भएको छ । बिहीबार प्रतिनिधिसभा सदस्य एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रालिको शुभारम्भ गरेका हुन् । जर्निज एभिन्यू प्रालिको कार्यकारी निर्देशन जीवन साह विगत केही समय विदेशिएका थिए । विदेशबाट आफ्नै देशमा केही गर्ने मनसायका साथ उनले याे कम्पनि स्थापना गरेका हुन् । पूर्व शिक्षामन्त्री शुभारम्भ पौडेलले गर्दै उनले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक रोजाइमा पार्ने गरी काम गर्न आग्रह गरेका छन् । ‘ नेपालमा केही छैन भन्ने कुरा गलत हो,’ उनले भने, ‘तन र मनसहित काममा लागेपछि प्रतिफल आउँछ त्यसकाे लागि धैर्यता आवश्यक हुन्छ ।’ [caption id="attachment_71189" align="alignnone" width="800"] तस्विरमा प्रतिनिधिसभा सदस्य एवम् पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल र उनका देब्रेबाट जर्निज एभिन्यू प्रालिको कार्यकारी निर्देशन जीवन साह[/caption] करिब २५ लाख लगानीमा सञ्चालनमा आएको जर्निज एभिन्यू प्रालिले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनसँगै टिकटको सेवा सूचारू गरेको छ । प्रालिका कार्यकारी निर्देशक साहका अनुसार भारत, जापान, अष्ट्रेलियालगायतबाट आउने पर्यटकलाई होटल बुर्किङ, जंगल सफारी, बन्जी र ट्रेकिङलगायतका सेवाहरु दिने बताएका छन् । ‘अन्यभन्दा हामी फरक छौं,’ उनले भने, ‘देशका जुनसुकै ठाउँमा जान गाडी, ट्रेकिङ गाइड, टिकट बुर्किङ, होटल बुर्किङ लगायतका सेवाहरुसहित आएका छौं ।’ उनी त वैदेशिक राेजगारबाट फर्किएर नेपालमा यसरी लगानी गर्ने एक पात्र हुन् । यस्ता लगानी गर्ने युवाहरुलाई राज्य र समाजले साथ र सहयाेग गर्नुपर्ने आवश्यकता देखिन्छ ।