बलिउड सुपरस्टार आमिर खान र उनकी पूर्वपत्नी रीना दत्तकी छोरी इरा खान ,अभिनय र ग्ल्यामरको संसारबाट टाढा छिन्। तर, इरा खान सामाजिक सञ्जालमा चर्चित अनुहार हुन् ।
इरा खानले भर्खरै एक अन्तर्वार्तामा डिप्रेसनसँगको लडाईको बारेमा कुरा गरेकी छिन् । पाँच वर्षभन्दा बढी समयदेखि डिप्रेसनसँग लड्दै आएकी इराले आमाबुवाको विछोडले खासै असर नगरे पनि डेढ वर्षदेखि दुःख पाएको र खान पनि छाडेको बताइन् । इराले थपे कि उनको परिवारमा मानसिक विकारहरू छन्।
इरा खानले भर्खरै मानसिक स्वास्थ्य सहायताको लागि अगस्तु फाउन्डेशन समेत खोलेकी छन्। उनले आफ्नो बुबा आमिर र आमा रीना दत्त संगठनको सल्लाहकार बोर्डको एक हिस्सा भएको खुलासा गरिन्।
एक अन्तरर्वातासँगको कुराकानीमा इराले आठ घण्टा रुने र दिनको १० घण्टा सुत्दा मानसिक स्वास्थ्यमा आएको परिवर्तन महसुस भएको बताएकी थिइन् । इराले डिप्रेसनकाका कारण भोगेका अनुभवहरू सम्झाउँदै आफूले धेरै दिन रोइरहने र केही दिनसम्म खाना छाड्नेलगायत आफ्नो व्यवहारमा धेरै परिवर्तन भएको खुलासा गरिन् ।
इराको यस कामर्ले अहिले उनका फलोअर्सको मन जितिरहेको छ । सामाजिक सञ्जाल फलोअरहरूले आमिर खान र रीना दत्तकी छोरीले अगस्तु फाउन्डेसन सुरु गरेकोमा प्रशंसा गरिरहेका छन् ।