काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सडक दुर्घटनाको कारणबारे सुक्ष्म अध्ययन तथा अनुसन्धान गर्न आवश्यक भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सडक दुर्घटनाको कारण धेरैले ज्यान गुमाइरहेको भन्दै उनले दुर्घटनाको कारण पत्ता लगाउनुपर्ने धारणा राखेका छन्।
उनले फेसबुकमा लखेका छन्,‘दुर्घटनाका कारण हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौं हुन सक्छन् । यस विषयमा सुक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’
ओलीले पछिल्लो तीन महिनामा नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको भन्दै सडक पूर्वाधार,सवारी साधनको स्थिति लगायतका कारणले दुर्घटना बढेको आकलन गर्दै त्यसतर्फ अध्ययन र अनुसन्धान गरिनुपर्ने बताएका छन् ।