काठमाडाैं - आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सारिएको छ ।
आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गरेका हुन् ।