काठमाडौं -यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड काटी भुक्तानी गर्दा विशेष छुट दिने भएकाे छ ।
‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
आयाेजकका अनुसार छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नु पर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१, २०८० सम्म रहने कम्पनीले जनाएकाे छ।