काठमाडाैं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु एक करोड रकम भुक्तानी गरेको छ ।
कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित देव बहादुर खत्रीको श्रीमती यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो ।
साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन वर्ष अघि रु. १ करोडको जीवन बीमा गर्नु भएको देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरेका हुन् ।
कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका हुन् । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितका श्रीमती यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको विश्वास बढ्ने कार्य भएको बताएका छन् ।
कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।