काठमाडौं– ओमस्टोन एशिया क्यापिटल नेपाल प्रा. लि. (ओएसीएनपिएल) ले धुलिखेलमा सुविधा सम्पन्न पाँचतारे होटल तथा रिसोर्ट स्थापनाका लागि वित्तिय व्यवस्थापन भएको छ । सानिमा बैंकको वित्तिय अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक सहभागीमा ऋण सम्झौता भएको हो । परियोजना निर्माणको अनुमानित लागत एक अर्ब २७ करोड रूपैयाँ रहेको छ । ओएसी एनपिएलले दुसित थानीहिमालयन रिसोर्ट तथा भिल्ला व्यवस्थापन र सञ्चालनको लागि दुषित इन्टरनेशनलसँग सहकार्य गर्नेछ । दुषित इन्टरनेशनल थाइल्याण्डको प्रख्यात हस्पिटालिटी तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित ब्रान्ड हो जुन अहिलेको समयमा तीव्र गतिमा बिस्तार भइरहेको छ । ६५ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा विश्वस्तरीय एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको दुसित इन्टरनेशनलको हाल १८ वटा देशहरूमा २९ वटा होटल तथा रिसोर्ट संचालनमा रहेको छ भने अस्ट्रेलिया, नेपाल, भुटान, चीन, इन्डोनेशिया, केन्या, म्यानमार, ओमन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, टर्की र युएई जस्ता देशहरूमा ५२ वटा प्रोजेक्ट निर्माणको योजनामा रहेका छन् ।