काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति नेपाल सरकारको तर्फबाट दुःख तथा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
मध्यान्न १२ बजे सिंहदरबारमा बसेको बैठकले सीता दाहाललाई ‘फस्ट लेडी’ को हैसियतमा अन्तिम सम्मान दिने निर्णय भएको हाे ।
सरकारकी प्रवक्ता समेत रहेको सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले दिवङ्गत दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटको सम्मानसहित उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ ।