काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
मन्त्रिपरिषद्को आजको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिएर अन्त्येष्टि गरिएको हो।
उनको पार्थिक शरीरमा नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो। प्रधानमन्त्री दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिए। प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गंगा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका हुन्।
आज बिहान निधन भएकी सीतालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्याइएको थियो। पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको बाक्लो उपस्थिति थियो।
त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति रहेको थियो।
तस्बिरहरु: रासस