काठमाडौं– प्रभु बैंक लिमिटेडले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्स्टेन्सन काउन्टरको स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. रोशन पोखरेलले उद्घाटन गरेका छन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ्ग कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको प्रभु बैंकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि आफ्नो सेवा विस्तार गरेको हो । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।