काठमाडौं– एनएमबी बैंकको दीगो बिकासको लागी दीर्घकालिन उद्देश्यको साथ अवसरहरूको सिर्जना तथा प्रवद्र्घन गर्न सञ्चालनमा ल्याइएको सामाजिक उत्तरदायीत्व अन्तर्गतको परियोजना हो । प्रोजेक्ट स्वरोजगार मुख्यतय नवीनतम तथा अनुभवी उद्यमीहरूको सीप, मनस्थिती तथा क्षमता बिकास गर्न आयोजना गर्न लागिएको कार्यक्रम हो । सो परियोजनको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रा.लि.को साझेदारीमा गरिएको हो ।
यो परियोजना सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गर्न डिजाइन गरिएको हो जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्दछ । तालिमको लागि उद्यमी संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरू द्वारा प्रशिक्षण प्रदान गरिने छ । यस तालिम निःशुल्क रूपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकहरूले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनको लागि आवेदन २०७६ फाल्गुन २७ गते सम्म फारम भर्न सकिन्छ ।