उदयपुर – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिकास्थित तपेस्वरी आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले उक्त विद्यालयलाई ६० हजार रूपैयाँ बराबरको विभिन्न सामाग्री प्रदान गरेको हो । विद्यार्थीको पठन पाठन र शैक्षिक गुणस्तर वृद्धिका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरूको लागि उक्त सहयोग रकम खर्च गरिने विद्यालयका प्रधानाध्यापकले बताए । यस किसिमको सहयोगले शैक्षिक सामाग्रीको अभावमा पठन पाठनमा भई रहेको कठिनाई अन्त्य गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट सेवा दिँदै आएको छ ।