नेपालगन्ज । असोज ३० गते ।
बाँकेको नरैनापुर गाँउपालिका वडा नं. १ कटकुंईया र वडा नं. २ लक्ष्मणपुरमा जनचेतना मुलक र्याली निकालीएको छ ।
महिला हिंसा र बाल विवाह न्यूनीकरणका लागि आम नागरिकहरुमा सचेतनाफैलाउने उद्धेश्यले आयोजित ¥यालीमा स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो । हात हातमा महिला हिंसा र बाल बिवाह न्यूनीकरणका नारा अंकित प्ले कार्ड र माईकिंङ्ग गर्दै रयाली निकालीएको
हो । कटकुईयामा नेरा प्राबि कटकुईयाबाट शुरु भएको जनचेतनामुलक ¥याली गाँउ गाँउ परिकर्मा गर्दै वडा कार्यालयमा पुगी समापन भएको थियो भने लक्ष्मणपुरमा वडा कार्यालयबाट शुरु भएको रयाली गाँउ परिकर्मा पछि समापन भएको थियो । स्थानिय जन प्रतिनिधिहरु, महिला, बालवालिका तथा स्थानियबासिहरुकोे सहभागिता रहेको सो रयाली का सहभागिहरुले राप्तीपारिका स्थानियहरु बिस्तारै सचेत बन्दै गएको बताएका थिए । रयालीमा सहभागि भए पश्चात प्रतिकृया दिदै स्थानिय शेर बहादुर खाँले सबैमा सचेतना बढ्दै गएको बताए ।
यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा बाँकेको राप्तीपारि संचालित सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तरगत गरिएको सो रयालीमा बासका कार्यक्रम संयोजक शम्भु शाही, कार्यक्रम सहायक खेम बिष्ट, बास बाँके शाखा सदस्य मकबुल अहमद मुकेरी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४ ११:२५