भारत– चर्चित भारतीय अभिनेत्री आलिया भट्टले आफ्नो बहुमुखी प्रतिभा र निर्विवाद आकर्षणले दर्शकहरूलाई मोहित पारेकी छिन्। आलियाले मनोरञ्जन उद्योगमा आफूलाई एक अबल अभिनेत्रीको रूपमा प्रमाणित गरिसकेकी छिन्।
गंगुबाई काठियावाडी, र हाइवे जस्ता चलचित्रहरूमा आलोचनात्मक रूपमा प्रशंसित भूमिकाहरूदेखि लिएर स्टुडेन्ट अफ द इयर जस्ता व्यावसायिक सफलताहरू हात पार्दा सम्म , उनले आफूलाई बलिउडमा सबैभन्दा खोजिने अभिनेताहरूको रूपमा स्थापित गरेकी छन्। आलियाले सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ समेत कमाएकी छिन् ।
उनले सन् २०२० मा, सञ्चालनमा ल्याएको बच्चाहरूको कपडा ब्रान्ड, एड–ए–मम्मा लन्च गरेर उद्यमीको रुपमा समेत स्थापित गरेकी छन्। इकोनोमिक टाइम्सले जनाए अनुसार मुकेश अम्बानी र ईशा अम्बानीले उनको ब्रान्ड किन्न लागेको बताइएको छ । यस रिपोर्ट अनुसार, उनीहरुबीच वार्ता अन्तिम चरणमा रहेको छ । यस वर्षको सुरुमा आलियाको कपडाको ब्रान्डको मूल्य १५० करोडभन्दा बढी रहेको विश्वास गरिएको थियो। मुकेश र ईशाले लगभग ३००– ३५० करोड भारुको प्रस्ताव गरेको बताइएको छ ।
यसैबीच, आलिया भट्ट छिट्टै करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछिन् । चलचित्रमा रणवीर सिंह र अन्य चर्चित कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।