काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधाम लाई रकम हस्तान्तरण गरेको छ ।
तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रम, देवघाटधामलाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो ।
संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाँकी रकम रु. २ लाख उपलब्ध गराएको हो ।
गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।
सिटिजन्स बैंक सम्सी शाखाले श्री जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् ।
यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।
देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनाएकाे छ ।