लभ बाइट,जसलाई ‘हिकी’ पनि भनिन्छ। हिकी भनेको सामान्यतया घाँटी वा अन्य संवेदनशील क्षेत्रहरूमा, छाला चुस्दा वा टोक्दा निस्कने दाग हो। प्रेमको टोकाइ हिकी कसैको लागि स्नेहको एक रूप हो। हिकीले सम्बन्धमा उत्साह थप्नुकासाथै दुई बीचको निकटता र घनिष्टताको भावना बढाउँछ।
यद्यपि, यो ध्यान दिन महत्त्वपूर्ण छ कि कुनै पनि शारीरिक कार्यमा संलग्न हुँदा सहमति आवश्यक हुन्छ।
१ अनुमतिको लागि सोध्नुहोस्
सहमति बिना कुनै पनि काम गर्नु गलत हो। चाहे त्यो चुम्बन होस्, हिकी होस् वा अरु केहि । आफ्नो पार्टनरलाई लभ बाइट दिनुअघि अनुमति माग्न नबिर्सनुहोस् ।
२ थुक नियन्त्रण गर्नुहोस्
कसैलाई थुकले ढाक्न मन पर्दैन । त्यसैले, आफ्नो पार्टनरलाई हिकी दिंदा सावधान हुनुहोस् र थुकको मात्रा नियन्त्रण गर्नुहोस्। आफ्नो मुखमा भएको अतिरिक्त थुक निल्नुहोस् ताकि तपाईको पार्टनरको घाँटी र्यालले भिजेको र त्यसको दुर्गन्ध नआओस्।
३ आफ्नो दाँत टाढा राख्नुहोस्
लभ बाइटको मतलब आफ्नो पार्टनरलाई टोक्नु पर्छ भने हैन। हिकी दिँदा आफ्नो दाँत प्रयोग नगर्नुहोस् जबसम्म तपाईंको पार्टनरले यसलाई अनुमति दिँदैन।
४ सहज रूपमा अन्त्य गर्नुहोस्
जब तपाई आफ्नो पार्टनरलाई हिकी दिएर पूरा गर्नुहुन्छ, तुरुन्तै टाढा नजानुहोस्। बिस्तारै सक्शन घटाउनुहोस् र कामुक ढंगले चुम्बनको साथ पार्टनरको साथ हुनुहोस् ।