काठमाडौं – फुटबलको फिफा वरियतामा नेपाल यथावत रहन सफल भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो ।
नयाँ वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । दक्षिण एसियाको वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १ सय ८ र माल्दिभ्स १ सय ५५ औ स्थानमा छन् ।
नेपालभन्दा तल रहेको बंगलादेश १ सय ८७, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औँ स्थानमा रहेका छन् । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौँ स्थानमा रहेका छन् । त्यस्तै छैटौँ स्थानमा क्रोएसिया, सातौँमा पोर्चुगल, आठौँमा स्पेन, नवौँमा अर्जेन्टिना र दशौँमा कोलम्बिया रहेका छन् ।