काठमाडौं–आज बुधबार सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिन मंगलबारको मूल्य भन्दा आज प्रतितोला छ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी,आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।