नेपालगन्ज , कार्तिक १ गते ।
भ्रष्टाचार बिरुद्ध स्थानिय स्तरमा अभियान संचालन गर्ने एक कार्यक्रममा सहभागि युवाहरुले प्रतिबद्धता गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहयोग, बास बाँके शाखाको समन्वय तथा बास केन्द्रिय कार्यालयको आयोजनामा कार्तिक १ गते नेपालगन्जमा आयोजित असल शासनका लागि जिल्ला स्तरीय युवा जागरण तालिममा सहभागि युवाहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन । बाँके जिल्लाका सबै तह ६ ओटा गाँउपालका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका गरी ४० जना युवाहरुको सहभागिता रहेको तालिम समापन कार्यक्रममा प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि नरैनापुर गाँउपालिका वडा नं. ५ का मकबुल अहमद मुकेरीले तालिममा सिकेको कुरा स्थानीय स्तरमा गई युवाहरुलाई जानकारी गराउने र सुशासन कायम गर्न अभियान संचालन गर्ने प्रतिबद्धता गरे । उता राप्ती सोनारी गाँउपालिका वडा नं. १ की शारदा खुनाले स्थानिय तहमा भ्रष्टाचार बिरुद्धको अभियान संचालन गर्न तालिम प्रभावकारी रहेको बताईन । उनले सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता गरिन । नेपालगन्ज उपमहानगरपालीका वडा नं. २० की अस्मिता बुढाले असल शासन, जबाफदेहिता, पारदर्शिता, सुचनाको हक लगायतका बिषयमा सुनेको भएपनि तालिमले प्रष्ट बनाएको बताईन उनले आम चासोका बिषयमा सुचना माग गर्ने बताईन् । खुजरा गाँउपालिका वडा नं. ३ की कोपिला कडेंलले गाँउपालिकामा हुने हरेक क्रियाकलापमा चासो दिने बताईन् उनले अबको जिम्मेवारी सुशासन कायम गर्ने रहेको बताईन् । डुडुवा गाँउपालिकाका तिला चलाउनेले तालिमले भ्रष्टाचार बिरुद्धको अभियान गर्न प्रोत्साहित बनाएको बताईन । यस्तै बैजनाथ गाँउपालिकाका धु्रबजंग शाहले तालिमको बिषय बस्तु समय सान्दर्भिक रहेको भन्दै युवाहरुलाई एकजुट भई अगाडी बढ्न हौसला थपेको बताए । कोहलपुर नगरपालिकाकी सामना कडेलले चित्त नबुझेको बिषयमा आवाज प्रवाह गर्ने प्रतिबद्धता गरिन् । जानकी गाँउपालिकाका मनमोहन बर्माले गाउपालिकामा सुशासनको अनुभुति हुने गरी युवाहरु परिचालीत भई सुशासनको लागि काम गर्ने प्रतिबद्धता गरे ।
तालिममा असल शासनको परिभाषा, असल शासनका आधारभुत तत्वहरु, असल शासन भएन भने केहुन्छ, किन संस्कृती का बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेका थिए भने जवाफ देहिता र पारदर्शिताका बिषयमा बासका कार्यक्रम अधिकृत हेमराज भट्ट र सुचनाको हकका बिषयमा बासका कार्यक्रम संयोजक शम्भु शाहीले सहजिकरण गरेका थिए । तालिमको अन्त्यमा स्थानिय तहमा गर्न सक्ने क्रियाकलापहरुका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा प्रमाण पत्र बितरण सहित कार्यक्रमको समापन बासका कार्यवाहक अध्यक्ष रज्जब अली बागवानले गरेका थिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४ १६:०३