काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ४ बजे बस्दैछ । आजको बैठकमा छ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकको निर्णय सार्वजनिक गरिने भएकाे छ ।
गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ ।
महामन्त्रीको प्रस्तावमाथि भएको दुइपक्षीय बहसलाई कांग्रेसले कसरी अवतरण गराउँला भन्ने आजको बैठकमा चासोको विषय बन्ने दखिन्छ ।
सरकारमा काँग्रेसको भूमिका, गठबन्धनको औचित्य र आगामी दिनमा काँग्रेसको आन्तरिक एकता विषयहरु नेपाली काँग्रेसको बैठकमा खासगरी उठेका थिए ।