काठमाडौं– ज्योति विकासबैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ ।
वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरु गरिएको हो। शारीरिक तवरले फरक बालबालिकाहरुका लागि कृत्रिम हात प्रदान गर्न Enable Nepal सहकार्य गर्न बैंकले सम्झौता गरेको छ ।Enable Nepal संगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई 3D Printed Prosthetic hand दान गर्नेछ । यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य कामहरु गर्न मद्दत पुर्याउनुका साथै समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुने बताइएको छ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Enable Nepal का अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।
विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको Phect Nepal को सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ । Phect Nepal काे प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमहरु बैंकले गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा Phect Nepal का कार्यकारी निर्देशक श्री गौरी प्रधान ले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।