काठमाडौं– टोको नामका एक जापानी व्यक्तिले आफूलाई कुकुरमा परिणत गरेका छन्। उनले कुकुरमा परिणत गर्नका लागि १४,००० डलर भन्दा बढी खर्च गरेका छन्। डिजाईनरहरुले उनको कपडा बनाउन ४० दिन लगाएका थिए ।
टोकोले भर्खरै पहिलो पटक सार्वजनिक रूपमा बाहिर निस्केको भिडियो पोस्ट गरेका छन्। पाँच मिनेटको भिडियोमा टोकोलाई मानिस र अन्य कुकुरहरूसँग अन्तरक्रिया गरिरहेको देख्न सकिन्छ। उनले आफ्नो युट्युब च्यानलमा धेरै भिडियोहरू सार्वजनिक गरेका छन् ।
भिडियोमा उनी भुइँमा घुमिरहेको खेलिरहेको समेत देख्न सकिन्छ । टोकोले अहिलेसम्म आफ्नो परिचय भने सार्वजनिक गरेका छैनन् । उनी बाल्यकालदेखि नै जानवर बन्ने सपना भएको उनले बताएका छन् ।