काठमाडौं – नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
सोमबार घटेर प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आज पुनः बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको हो ।
यसअघि प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको तेजावी सुनलाई आज १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ बढेको महासंघले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर १ हजार ४ सय ७५ रुपैयाँ पुगेको हो ।