काठमाडौं- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार युरो एकको खरिद दर १४३ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५६पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ६४ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।
क्यानाडियन डरल एकको खरिद दर ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ७५ पैसा छ भने अष्ट्रेलियन एक सयको खरिद दर ८७ रुपैयाँ १ पैसा रुपैयाँ रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ९७ पैसा रहेको छ ।