काठमाडौं, कार्तिक ६ । वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा नेपाली संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनालीले पाएकी छिन् ।
अमेरिकाको पेनसलभेनिया बसोबास गर्दै पत्रकारीता पेशामा आवद्ध रहेकी मैनाली चर्चित हस्यकलाकार गोपाल राज मैनालीका छोरी हुन् ।
अक्टोबर २१ तारिख डीसी महानगर क्षेत्रको भर्जिनिया स्थित फल्सचर्चमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
डीसी महानगर क्षेत्रमा स्थापित नेपाल तथा अमेरिकामा रहेका नेपाली मूलका कलाकारहरुलाई अमेरिकामा अवसर तथा मंच प्रदान गर्दै आएको भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्री ई इन्टरटेनमेन्ट संस्थाले पहिलो पटक आयोजना गरेको उक्त घोषणामा मैनालीले फेसबुक मार्फत सर्वाधिक मत पाएकी थिइन् ।
उक्त प्रतिस्पर्धामा सच्ची मैनालीस मौसमी मल्ल, शान्ति श्रेष्ठ, बिना खड्का लामा, रुकमणि कार्की, सुमना दवाडी, प्रसिदा खनाल र उर्मिला पन्थी रहेका थिए ।
उक्त घोषणामा मौसमी मल्ल तथा सुमना दवाडीलाई उप-बिजेता घोषणा गरिएको थियो ।