काठमाडौं- नेकपा माओवादी केन्द्रले विधान अधिवशेन मंसिरमा गर्ने भएकाे छ । बुधबार बसेकाे स्थायी कमिटी बैठकले मंसिरमा विधान अधिवेशन र त्यसको १ वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पारित गरेको छ ।
प्रचण्डको यो प्रस्ताव आज १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस हुनेछ । बैठकमा उनले पार्टीको राजनीतिक तथा सांगठनिक र समसामयिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने छन् ।