भरतपुर - चितवनको भरतपुर अस्पतालमा एघार हजार बढिले निःशुल्क उपचार पाएका छन् । एक बर्षको अबधिमा अस्पतालले सामाजिक सेवा एकाई मार्फत ११ हजार ३ सय ४३ जनालाई निःशुल्क उपचार प्रदान गरेको हो ।
एकाई मार्फत लक्षित वर्ग तर्फ ९ हजार ४४ जानले सेवा पाएका छन् । जसमा ४ हजार ३ सय ८३ जना महिला र ४ हजार ६ सय ६१ जना पुरुष छन् । लक्षित बर्ग तर्फ ३ करोड २६ लाख ७२ हजार १ सय ७५ रुपैंया खर्च भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
उनका अनुसार आकस्मिक सेवा तर्फ २ हजार २ सय ९९ जनाले सामाजिक सेवा एकाई मार्फत सेवा लिएका छन् । जसमा ९ सय १२ जना महिला र १ हजार ३ सय ८७ जना पुरुष छन् । आकस्मिक सेवा तर्फ ८१ लाख ८७ हजार ८ सय ६८ रुपैंया खर्च भएको पौडेलले बताए ।
उनले यस एकाईबाट उचार लिने विरामीको संख्या हरेक बर्ष बढ्दै गएको भन्दै विरामीको चाप हेर्दा यो सेवा प्रभावकारी बन्दै गएको बताए । उनले सामाजिक सेवा एकाई बाहेक पनि अस्पतालले धेरै विरामीको निःशुल्क उपचार गरेको जानकारी दिए । निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा नै आउने गरेको पौडेलको भनाई छ ।
सामाजिक सेवा एकाई मार्फत गरिब, असाहय (बेबारिसे), अपाङ्ग, जेष्ठ नागरिक, लैङ्गिक हिंसा पिडित, महिला स्वास्थ्य स्वयंसेविका, जेष्ठ नागरिक, प्रकृतिक प्रकोप पिडित, शहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएको थुनुवा, दुर्घटनामा परेका बिरामी, अभिभावक नभएका व्यक्ति, सिमान्तकृत तथा लोपउन्मुख आदिबासी लगायतलाई सेवा प्रदान गरिएको छ ।