काठमाडाैं - सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुमासँग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/ क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्ने जनाएकाे हाे ।
सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले QR Code स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम रु. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको क्यासब्याक पाउन सक्नेछन् ।
बैंकका अनुसार ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना २० श्रावण, २०८० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।