काठमाडौं – स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको २०औं बार्षिकोत्सव सम्पन्न भएको छ। स्कुल अफ व्युटीसियन आइटिसीका सञ्चालक सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको २० औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ ।
प्रमुख अतिथि प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगर को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यस ट्रेनीङ सेन्टर बाट व्युटिसियन प्रशिक्षण लिएका व्युटिसियन विधार्थीहरुलाई उक्त कार्यक्रममा सम्बन्धित कोर्ष उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।
बार्षिकोत्सव समारोहमा बोल्दै रुस्का श्रेष्ठ बैद्यले २० बर्ष अगाडि स्थापना गरेको यो स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र ब्यूटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताईन् । हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउँदा पाउँदा खुसी लागेको बताईन्।