म्यानमार– म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन् ।
सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो ।
उद्धारकर्मीका अनुसार उनले १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको विशाल थुप्रो तीव्र वर्षाले गलेको र भत्किएको बताए ।
खोजी र उद्धार कार्य जारी रहेको तर जेड भेट्टाउने आशामा केही कामदार आफ्नो शरिरको जोखिम मोलेर पनि घटनास्थलमा फर्किसकेका उनले बताए । उनले भने, “अहिलेसम्म कुनै पनि शव फेला परेको छैन ।”