काठमाडौं- वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर गरेकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल , वृज सिमेन्टको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको हो ।
वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको
छ।
विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई ११५ जना बिभिन्न स्वयंमसेवकहरु द्वारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब १५०० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।