काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। स्थापितले २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए।
स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो । उनीहरूले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ ।
सोमबार बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल र अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोलाई मनोनीत गरेको छ ।