काठमाडौं - राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।
यही साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको बैठक स्थगित भएको जानकारी दिए ।
सचिवालयले सूचना टाँस गरी राष्ट्रियसभाको अर्को बैठक भदौ ५ गते मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय भएको जनाएको छ ।