मिति २०८० श्रावण २९ गते मुगु जिल्ला, सोरु गाउँपालिका-७, चिप्लेगौडामा सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग.१.ज ७७६२ नम्बरको जिप सिपपहिरो नजिकै सडकबाट करिब २ सय मिटर तल खसि भएको दुर्घटनामा परि गम्भिर घाइते भएका चार जनालाई आज मिति २०८० श्रावण ३० गते नेपाली सेनाको हवाई साधनद्वारा थप उपचारको लागि नेपालगन्ज ल्याईएको छ । #जनसम्पर्क तथा सूचना निर्देशनालय, जंङ्गी अड्डा, काठमाण्डौं ।