काठमाडौं - एभरेष्ट बैंकद्वारा आकर्षक ब्याजदरमा झन्झट रहित Retail/SME Loanएभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेकाे छ । आउँदै गरेको चाडपर्वहरु तिज, दशैं, तिहार र छठको शुभ अवसरमा बैंकले नेपाली नागरिकका लागि “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” को सुरुवात गरेको हाे ।
भाद्र १ गते देखी लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था रहेको छ । बैंकका नायब महाप्रबन्धक गौरव कुमारका अनुसार यस अफर अन्तर्गत घर कर्जा १०.७४ ५ को स्थिर व्याजदरबाट शुरु हुनुका साथै घर निर्माणका लागि १०० ५ सम्म बैंक लगानी रहने छ ।
सवारी कर्जा १०.९९ ५ को स्थिर व्याजदरमा प्राप्त गर्नुका साथै विद्युतिय सवारीमा ८० ५ सम्म बैंक फाइनान्स रहने छ । साथै व्याक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जाको समेत उपभोग गर्न सकिनेछ ।
तिन महिनाको लागि लागुहुने “एभरेष्ट फेस्टिभ बोनान्जा २०८०” मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० ५ को प्रिमियम दरमा उपभोग गर्न सकिने छ । साथै बैंकका नायब महाप्रबन्धक गौरव कुमारले सम्पूर्ण ग्राहक महानुभावहरुलाई नजिकैको शाखामा सम्पर्क राखी यस आकर्षक अफरको भरपुर फाइदा लिन आव्हान गरेका छन् ।