अमेरिका– संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् ।
भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण बेपत्ता भएका सङ्घीय जाँच ब्युरो (एफबीआई) ले जनाएको छ । एफबिआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ ।