एजेन्सी - जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गरेको छ । आज दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न शुरु गरेको हो ।
प्लान्टको सञ्चालक टोक्यो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) का अनुसार पानी दिउँसो १ बजेबाट फाल्न शुरु गरिएको हो ।
पानी फाल्न शुरु गरेसँगै समुन्द्रमा माछा मार्नेहरु, स्थानीय र छिमेकी देशहरुले बिरोध जनाएका छन् । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।
-सिन्ह्वा