एजेन्सी - अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीवार आत्मसमर्पण गरेका छन् । आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उनले बिहीवार साँझ आत्मसमर्पण गरेका हुन् ।
उनी आत्मसमर्पण गरेको २० मिनेटमा धरौटीमा छुटेका थिए । उनलाई पनि अन्य राज्यद्रोहको अभियोग लगाइएकाहरुलाई झैँ ट्रम्पको फिंगरप्रिन्ट फोटो लिइएको थियो । घर फर्किने क्रममा उहाँले आफूले केही पनि गल्ती नगरेको बताएका थिए ।
उनले २०२४ हुने राष्ट्रपति चुनावका लागि विपक्षीले आफ्नो चुनावी हस्तक्षेप गरेको आरोप लगाए । ट्रम्प र अन्य १८ जनालाई अगस्ट २४ मा जर्जियामा सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोपमा अभियोग लगाइएको थियो ।
- सिन्ह्वा