काठमाडौं–नेकपा एस निकट युवासंघमा विवाद चर्किएको छ।
विवाद चर्किएपछि अध्यक्ष नरेश शाही पक्ष र उपाध्यक्ष नितेश पौडेल पक्षले शनिबार समानान्तर सचिवालय बैठक राखेका छन्। शाही पक्षले कालोपुल र पौडेल पक्षले बानेश्वरस्थित एक होटलमा बैठक राखेका हुन्।
विवाद मिलाउन पार्टीका नेताहरुले कोसिस गरे पनि सफल हुन सकेनन् ।