काठमाडौं - नेपालको अग्रणी मोडलिङ प्रतियोगिता ‘द फेस भोल्युम- ४’ को लागि आवेदन खुल्ला गरिएको छ ।
प्रतियोगिताका लागि अडिसन आगामि सेक्टेम्बर- २ मा झम्सिखेलस्थ्ति ट्याग झम्सिखेल लञ्ज एण्ड बारमा दिउसो १ बजेबाट हुने भएको छ । मोडलिङमा रुची भएका १६ देखि ३२ वर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा महिलाको हकमा ५ फिट २ इन्च र पुरुषको हकमा ५ फिट ६ इन्च उचाई हुर्नु पर्ने प्रावधान राखेको छ । आवेदन र्फम खल्ती एपबाट भर्न सकिने छ ।
प्रतियोगितामा छनोट भएका प्रतिनिधिले मोडलिङ उद्योगका दिग्गजहरूबाट २५ दिनको विशेष प्रशिक्षण लिन पाउने छन् भने टप डिजाइनरको पहिरणमा नेपालका टप फेसन शोमा हिड्ने अवसर पाउने छन् । यस प्रतियोगिताबाट व्यक्तिगत विकास, शारिरक बनावट, र्याम्प वार्क,फोटोसुट, एक्सप्रेशन लगायतका गु्रमिङ कक्षामा सहभागी गराईने छ ।
प्रतियोगिताको अडिसनमा जुरीका रुपमा चलचित्र अभिनेता अनुप विक्रम शाही, पूर्व मिस नेपाल सुगारिका केसी, फोटोग्राफर राजभाई सुवाल, अभिनेत्री शिल्पा मास्के, एमडी द फेस मोडल डिजाइनर स्वीकृति प्याकुर्याल, सिइओ द फेस समशाद शाह, द फेस भोल्युम- १ विजेता युद्ध बानिया छन् ।
प्रतियोगिताका विजेताले विभिन्न उपहार सार्थै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । सार्थै, विभिन्न ब्राण्डको एम्बासेडर हुने मौका समेत प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।