काठमाडौं– राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मुख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापतिलगायतको उपस्थिति रहेको छ ।
बैठकको सुरुवातमा अहिले योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।