काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहलाई थप कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गरी बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहलाई थप कडाइ गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि कर्जा निष्क्रिय वर्गमा ९पुनर्संरचना र पुनर्तालिकीकरणबाहेक० वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्रै असल वर्गमा स्तरोन्नति गरी त्यही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको छ ।
त्यसैगरी निष्क्रिय वर्गमा वर्गीकरण भएका कर्जा त्यही वर्गभित्र स्तरोन्नति हुनका लागि आवश्यक प्रावधान पूरा गरेको मितिले ६ महिना पश्चात मात्र स्तरोन्नति गरी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने भएको हो । यो व्यवस्था २०८० माघ १ गतेदेखि लागु हुने सर्कूलरमा उल्लेख छ ।