काठमाडौं-हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिनभर दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेश सहित बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।