बुटवल–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको मागलाई सरकारले बेवास्ता गरेको भन्दै अब आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा आयोजित आमसभामा पूर्व उपप्रधानमन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् । उनले पार्टी आन्दोलनको तयारीको लागी आन्तरिक गृहकार्यमा जुटेको समेत बताए । उनले भने, ‘हाम्रो मागमा सरकारले वेवास्ता गरेको छ, अब हामी आन्दोलनबाट सरकारलाई चेतावनी दिँदैछौँ ।’ उनले यादवले संविधान संशोधन नहुँदासम्म सरकारसँग लड्न र आन्दोलन गर्न तयार आफुहरू तयार रहेको जनाए । उनले सरकारले मधेसी, थारु र जनजातिको अधिकारलाई वेवास्ता गरेको आरोप लगाए । उनले भने, ‘सरकारले मधेसमा बसोवास गर्ने मधेसी, थारु र जनजातिको अधिकारलाई वेवास्ता गरेको छ ।’
राज्यले पैसा र अनुहार हेरेर नागरिकता दिने गरेको आरोप लगाए । मधेशमा बसोबास गरेका थुप्रै नेपालीका सन्तानहरूले नागरिकता पाउन नसकेको उनले बताए । उनले भने, ‘सरकारले पैसा र अनुहार हेरेर नागरिकता दिने गरेको छ, त्यसैले नागरिकताको सवालमा मधेश सधै भेदभावमा परेको छ ।’ उनले मधेसमा बस्ने धेरै नेपालीहरूले नागरिकता पाउन नसकेको दुखेसो गरे । आफूहरू विदेशीलाई नागरिकता दिन हुन्न भन्ने पक्षमा रहेको स्पष्ट पार्दै नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण रहेकाले नागरिकता ऐनलाई सच्याउन माग गरे ।’
नागरिकतामा लैंगिक असमानता पनि रहेको उनको भनाई थियो । उनले महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने बताउँदै जन्म दिने आमाको नागरिकता देखाएर छोराछोरीले नागरिकता लिन पाउनुपर्ने तर्क गरे ।
केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको र यादवले पुर्ण रूपमा असफल भएको उनले बताए । ‘यो सरकार भ्रष्टाचारीले चलाएको बताएका छन्’ यादवले भने, ‘कम्यूनिष्टको नाममा भ्रष्टाचार र लुटतन्त्र मात्रै मौलाएको छ ।’