काठमाडौं-एसिया कपको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
निकै प्रतीक्षा गरिएको र उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच यो खेल नेपाली समय अनुसार दिउँसो ३ स् १५ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ ।
सबैभन्दा बढी लोकप्रिय मानिने यी दुई देशका खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतका रोहित शर्मा र पाकिस्तानका बाबर आजमको कप्तानीमा हुने खेलमा दुबै टोलीमा रहेका विश्वस्टार बलर र ब्याटरको प्रर्दशन कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ । भारत र पाकिस्तानले आन्तरिक राजनीतिको कारण २०१३ पछि सिरिज खेलेका छैनन् ।
एसिया कप र विश्वकपमा मात्रै यी दुई देशबीचको भेट हुँदै आएको छ । त्यसैको कारण यी दुई देशबीचको खेललाई झन महत्वका साथ हेर्ने गरिन्छ ।
भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तानले १ खेलमा विजयी भएको थियो ।