काठमाडौं– सैनिक हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन् ।
दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेकीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उहाँका छोरा किम एरिसले बताएको हो ।
बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए । दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुगेको उनले बिबिसी वर्मेली सेवालाई बताए।