काठमाडौं - नेपाली सिने जगतले चकलेटी फेस भएको नयाँ हिरो पाउने भएकाे छ । अध्ययन र पूर्ण तयारीको साथ चलचित्र दुई कदमबाट इओन लिम्बुले चकलेटि नयाँ नायकको रुपमा डेब्यू गर्ने भएका हुन् ।
लभस्टोरी जनराको फिल्ममा उनी पहिलो पटक नायकको रुपमा देखिँदैछन् । करिव ५ वर्षको मेहनत , अध्ययन र तयारी पछि हरेक दृष्टीकोण बाट चलचित्रको लागी आफू रेडि भएको लिम्बु बताउँछन् ।
उनले ओस्कार इन्टरनेशनल कलेज, कलेज अफ फिल्म स्टडिज बाट हाल चौथो बर्षमा अभिनयको कक्षा लिइरहेका छन् भने उनले नृत्य , फाइट तथा भोकलको समेत कक्षा लिएर आफूलाइ तयार गरि आएका हुन् । यस अघि उनले शिल्पि थिएटर बाटपनि अभिनय कक्षा लिइसकेका छन् ।
अग्लो कद , हेर्दा आर्कषक देखिने र अभिनय र डाइलक डेलिभरीमा दम भएका कारण चलचित्र दुइ कदममा मुख्य रोलको अफर गरेको निर्देशक उदय सुब्बाले जानकारी दिए ।
चलचित्र निर्देशक सुब्बा भन्छन् "म चकलेटि फेस भएको टिनएजर्स हिरो खोजिरहेको थिए , त्यहि समयमा भने जस्तो क्यारेक्टर भेटे पछि इओनलाई चलचित्रमा डेब्यू गराएको हुँ।" चलचित्रको कथावस्तु अनुसार इओनको क्यारेक्टर म्याच भएको सुब्बाको भनाइ छ । चलचित्र दुइ कदम आगामी मंसिर २९ मा रिलिज हुने भएको छ ।