काठमाडौं - नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे ले" एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सेवाग्राहीहरुलाई विधुत्तीय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ।
यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र हो।