रुकुम पश्चिम - किवी फलबाट बनेको किवी वाइन असोजदेखि बजारमा आउने भएको छ । कर्णाली वेभरेज ईन्ड्रस्ट्रीज प्राली उद्योगले उत्पादित 'किवि’वाइन असोज महिनाभित्र बजारमा लेराउने तयारी गरेको हो ।
यस जिल्लामा उत्पादन भएका किवी फलबाटस्थानीयलाई रोजगार लक्षित गरि सञ्चालनमा ल्याइएको उद्योगले उत्पादन गरेको वाइन अन्य वाइन भन्दा फरक रहेको कम्पनीले बताएको छ । दुई वर्ष पहिलेअघि नै डिमुरको ब्राण्ड वाइन बजारमा आएको थियो तर विधिव कारणले निरन्तर आउन सकेको थिएन ।
अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरि उत्पादन गरिएको कम्पनीका अध्यक्ष दल बहादुर शाहले जनाएका छन् । उनका अनुसार नेपालका मुख्य बजारमा लिने गरी उत्पादन गरिएको छ ।
पश्चिम नेपालका पहाडी जिल्लामा उत्पादन भएको किवी फलसँगै अन्य फलफूलबाट उत्पादन गरेको वाइनको बजारीकरण तयार गरेकाे शाहले प्रभावसँग बताृ । शाहका अनुसार उच्च प्रविधिबाट वाइन उत्पादनको काम सबै सकिएको र बजारमा लैजान मात्र बाँकी रहेको छ ।
एक लाख लिटर वाईन बजारमा लैजान तयारी अवस्थामा रहेकाे शाहले बताए । उनले भने,'वाइन निर्माणमा शतप्रतिशत शुद्ध अर्गानिक वस्तुहरूको प्रयोग गरिएको छ । पहिले जगंलमा पाईने मेल, डिमुरबाट उत्पादन गरेको वाइन, डिमुरको नामक बजारमा आईसकेको थियाे ।'
उच्च प्रविधिको मेसिन नहुँदा केहि समस्यापछि वाइन स्टकमा राखिएको उद्योगका सचिव दत्त बहादुर पुनले जानकारी दिए । उनले भने, 'मेसिनमा देखिएको समस्याका कारण हामीले उत्पादन गरेको वाईन बजारमा लैजान सकेको थिएनौँ, अब हामी केहि दिनमै वाईन बजारमा लग्छौँ ।'
स्थानीय स्तरमै फलेको फलफूलबाट बनाइएको अर्गानिक किवी वाइनको पश्चिम नेपालसँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा पुर्वका क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ ।यसअघि उद्योगले जगंलमा पाईने फल मेल र डिमुरबाट ३२ लाख रुपैयाँ आम्दानी गरिसकेको जनाइएको छ ।
किसानबाट खरिद गरेर ल्याएको फलफुलको १ करोड रकम मध्ये ५० लाख रुपैयाँ भुक्तानी गरिसकेको र बाँक ५० लाख किसान सँगको सहमतिमा असोज भित्रमा गरिसक्ने उधोगका सचिव पुनले बताए ।किवि को वाईन प्रति वोत्तल नौ सय रुपैयाँ जति पर्ने जनाइएको छ ।